‘रोटरी क्लब अफ गण्डकी’ रोटरी इन्टरनेश्नलमा दर्ता

पाेखरा | चैत १७, २०७९

‘रोटरी क्लब अफ गण्डकी’ रोटरी इन्टरनेश्नलमा दर्ता

पोखरा:  ‘रोटरी क्लब अफ गण्डकी’ अन्तरराष्ट्रिय क्लब रोटरी इन्टरनेशनलमा दर्ता भएको छ ।

 

रोटरी क्लब अफ बुटवल चौतारीको प्रायोजनमा ४४ जना चार्टर सदस्यसहित ‘रोटरी क्लब अफ गण्डकी’ दर्ता भएको हो ।

 

सामाजिक काममा क्रिायशिल रोटरी इन्टरनेश्नलमा ‘रोटरी क्लब अफ गण्डकी’ दर्ता भएसँगै सो क्लबको अध्यक्षको (चार्टर प्रेसिडेन्ट) जिम्मेवारी युवा व्यवसायी किसान सुनारले पाएका छन् । 

 

यस्तै प्रेसिडेन्ट इलेक्टमा सुवास ढुंगाना, प्रेसिडेन्ट नोमिनीमा निर्देशन कुमार चुल्याजु, भाइस प्रेसिडेन्टमा डा. सञ्जय कोइराला, सेक्रेटरीमा नवराज आचार्य, ट्रेजरीमा तारानाथ ढुंगाना, जेटी सेक्रेटरीमा कृष्ण प्रसाद तिमिल्सिना, जेटी ट्रेजरीमा कमल विश्वकर्मा, क्लब एड्मिनिस्ट्रेसनको चेयरमा राजु कुमार पौडेल, मेम्बरसिपको चेयरमा किसान गिरी, पब्लिक रिलेसनको चेयरमा शान्ता बहादुर लामिछाने रहेका छन् ।

 

क्लबको सर्भिस प्रोजेक्टको चेयरमा ज्ञान बहादुर नेपाली, द रोटरी फाउण्डेशनको चेयरमा डा. दिनेश कुमार विक, सर्जेन्ट एटीआर्मसमा तारानाथ भण्डारी, इडिटरमा कमिल खान, न्यू जेनेरेसनमा गौतम सुनार र फण्ड राइजिङको चेयरको जिम्मेवारी पूर्ण बहादुर लामगादेले सम्हाल्ने छन् ।

 

उक्त क्लब नेतृत्वको जिम्मेवारी पाएसँगै स्वार्थ भन्दा माथि उठेर सधैं सामाजिक सेवामा लागिरहने चार्टर प्रसिडेन्ट किसान सुनारले बताए । ‘रोटरी क्लब अफ गण्डकी विधिवत रुपमा दर्ता भएका छौं, सुनारले भने, ‘आगामी दिनमा हाम्रो सिङ्गो टिम स्वार्थ भन्दामाथि उठेर सामाजिक काममा लागिरहने छौं ।’ 

 

शिक्षा, स्वास्थ्य पहुँच, बालअधिकार, अर्थतन्त्र, वातावरण, आधारभूत आवश्यकता तथा सामाजिक कार्यमा क्रियाशिल रोटरी क्लब नेपाल– भुटान डिस्ट्रिक्ट ३२९२ भित्र १ सय ६५ वटा क्लब छन्  भने विश्वभर करिब ४६ हजार बढी क्लबहरु सक्रिय छन् ।

 
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्